ग्रीन लाइफकाे आईपीओमा १३ लाख ३७ हजार आवेदन
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा करिब ३ अर्ब रूपैयाँको आवेदन परेको छ । कम्पनिको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १३ लाख ३७ हजार आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६ सय कित्ता सेयरको लागि कुल रकम २ अर्ब ३९ करोड ७६ लाख ६० हजार रूपैयाँको आवेदन परेको हो ।
हिजोसम्म ग्रीन लाइफको आईपीओमा १० लाख ९१ हजार २ सय ५१ वटा आवेदन परेको थियो । कम्पनीले माघ २३ गतेदेखि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो ।
कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेको छ ।
सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखाजिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।