ग्रीन डेभलपमेण्ट बैंकले गर्यो लाभांश संशोधन ,४ प्रतिशत लाभांश दिइने

अखबार हब
२०७७ माघ २९, बिहीबार १४:१४

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । यस अघि ५ दशमलव १० प्रतिशत लाभांश प्रस्ताव गरेको यस बैंकले अब ४ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य नाफा र शेयर प्रिमियम वापतको रकमबाट ४ दशमलव ८५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्दा राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरेको कम्पनीका सञ्चालन प्रमुख शुसिल पौडेले जानकारी दिए । पौडेलेका अनुसार गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांशसँगै शेयर प्रिमियम वापतको रकमबाट १ प्रतिशत बोनस शेयर वितरण गर्न लागिएको हो ।

अब कम्पनीले कुल ३ दशमलव ८० प्रतिशत बोनस शेयर र शून्य दशमलव २० प्रतिशत नगद लाभांश गरी ४ प्रतिशत लाभांश वितरण गर्ने पौडेलको भनाई छ ।

तपाईको मत दिनुहोस्

  • प्रतिक्रियाहरु
  • प्रतिक्रियाहरु (0)