पानीको सतह घटेको भए पनि विद्युत् उत्पादनमा कुनै अवरोध नआउने

अखबार हब
२०७७ चैत्र १२, बिहीबार १८:४२

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको इन्द्रसरोवर जलाशयमा वर्षात्को समयमा पर्याप्त पानी नपर्नका कारणबाट ग्याप भरिन नसकेको भए पनि नियमित विद्युत् उत्पादन गर्ने कार्यमा कुनै अवरोध नहुने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ ।

कुलेखानी जलविद्युत् प्रथम आयोजनाका प्रमुख धीरेन्द्रप्रसाद चौधरीले आज रासससँग सङ्क्षिप्त कुराकानी गर्दै इन्द्रसरोवर जलाशयमा आज अपराह्नसम्ममा करीब १९ मिटर उचाइको सतहमा पानी भरिन बाँकी रहेको भए पनि कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावार्ट गरी कूल १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिने बताए ।

चौधरीले भीमफेदी गाउँपालिका– ४ को कुलेखानी प्रथम, भीमफेदी–२ को भैँसेबाट कुलेखानी दोस्रो र वडा नं १ सानोटारबाट उत्पादित विद्युत् काठमाडौँको केन्द्रित ग्रिटमा जोडिएको र अब वर्षाको मौसम नआउनजेलसम्म विद्युत्को उत्पादनमा घटबढ नहुने स्पष्ट पारे ।

कुलेखानीबाट उत्पादिन विद्युत् उपभोक्ताको मागबमोजिम काठमाडौँ, हेटौँडालगायत विभिन्न शहरका उपभोक्ता र औद्योगिक क्षेत्रका उद्योगमा विद्युत् आपूर्ति गर्दै आएको पनि कुलेखानी प्रथम आयोजनाका प्रमुख चौधरीले जानकारी दिए । रासस

यसमा तपाइको मत

Your email address will not be published.


*