अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द

अखबार हब
२०७७ चैत्र १३, शुक्रबार १६:१६

बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो ।

सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौँ ग्राहक मारमा परेका हुन् । फोन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन हुनुपरेको दशरथचन्द नगरपालिका–५ का खेमराज भट्टले बताए ।

काटिएको अप्टिकल फाइबर मर्मत जारी रहेको टेलिकम बैतडीका प्रमुख सुरेन्द्र कार्कीले जानकारी दिए । कार्कीले भने, “एक ठाउँको मर्मत गरिसकेका छौँ, अर्को ठाउँको अप्टिकल फाइबर मर्मतको काम जारी छ ।” रासस

यसमा तपाइको मत

Your email address will not be published.


*