विद्युतीय सवारीको प्रयोग बढोस् भनेर मोटरसाइकलमा कर बढाएँः अर्थमन्त्री शर्मा

अखबार हब
२०७८ भाद्र २७, आईतवार २०:४२

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने बताएका छन् ।

प्रतिस्थापन विधेयक प्रस्तुत भएपछि आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले मोटरसाइकल समेत विद्युतीय होउन भन्ने आफ्नो चाहना रहेको बताए ।

मध्यम वर्गीयले प्रयोग गर्ने १२५ सीसीदेखि १५५ सीसीसम्मको दुई पांग्रे सवारीमा कर बढाइएको विषयमा बोल्दै उनले आफूले मोटरसाइकल पनि विद्युतीय होउन् भन्ने अभिप्रायले कर बढाएको आशय व्यक्त गरे । महंगा गाडीमा कर किन नबढाइएको भन्ने प्रश्नमा कर बढाउने भन्दा पनि सरकारले अब महंगा गाडी खरिद गर्दा विद्युतीय सवारी खरिदमा जोड दिनुपर्ने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*