सहुलियतपूर्ण कर्जा लिने ऋणीको संख्या १ लाख बढी, झन्डै साढे २७ अर्ब ऋण भुक्तानी

अखबार हब
२०७८ भाद्र २९, मंगलवार १४:३८

काठमांडौं । पाल राष्ट्र बैंकले निर्देशित गरेको सहुलियतपूर्ण कर्जा लिने ऋणीको संख्या १ लाख भन्दा बढी नाघेको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैमा गरेर कुल १ लाख ११ हजार ४ सय ७१ जनाले सहुलियतपूर्ण कर्जाको उपयोग गरेका छन् । केन्द्रीय बैंकको साउन मसान्तसम्मको तथ्यांक यस्तो देखाएको हो ।

तथ्यांक अनुसार राष्ट्र बैंकको समग्र प्रणालीमा झन्डै २ खर्बको सहुलियतपूर्ण ऋण स्वीकृत भएको छ । १ खर्ब ९९ अर्ब ६६ करोड ३७ लाख ऋण स्वीकृत भएकोमा २७ अर्ब ४९ करोड रुपियाँ बराबरको मात्र ऋण भुक्तानी भइसकेको छ भने बाँकी किस्ताबन्दीमा भुक्तानी हुनेछ । सो सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ७ अर्ब ८० करोड ८७ लाख ब्याज अनुदान प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैकहरुबाट ९५ हजार ७ सय ९० ऋणीहरुले १ खर्ब ७५ अर्ब ४३ करोड ९९ लाख रुपियाँ बराबरको ऋण स्वीकृत गराएका छन् जसमध्ये १ खर्ब ५० अर्ब भन्दा बढी रकम अझै ऋणीलाई प्रदान गरिएको छैन । व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत सबैभन्दा बढी ४३ हजार ८ सय ८ जनाले कर्जा माग गरेका छन् ।

त्यस्तै विकास बैंकहरुबाट १४ हजार ४ सय ४ ऋृणीले २२ अर्ब १० करोड १० लाख रुपियाँ ऋण स्वीकृत भएकोमा २० अर्ब ५ करोड रुपियाँ कर्जा अझै वितरण गर्न बाँकी नै रहेको छ । ग वर्गको वित्तीय संस्थाबाट कुल ११ सय ६८ जना ऋणीबाट २ अर्ब १ करोड ५३ लाख रुपियाँ बराबरको कर्जा स्वीकृत गराएका छन् जसमध्ये १ अर्ब ८९ करोड अझै वितरण हुन बाँकी नै रहेको छ ।माइक्रोफाइनान्स कम्पनीहरुले पनि सहुलियतपूर्ण कर्जा वितरण गर्दै आइरहेका छन् । माइक्रोफाइनान्सबाट १ सय ९ जनाले ऋृणीले १० करोड ७४ लाख ऋण स्वीकृत गराएका छन् जसमध्ये ९ करोड ५४ लाख रुपियाँ अझै वितरण हुन बाँकी छ ।

राष्ट्र बैंकले महिला उद्यमशीलताका लागि ६ प्रतिशत ब्याज अनुदान र ५ करोडभन्दा माथिका व्यावसायिक कृषि तथा पशुपन्छी परियोजनका लागि दुई प्रतिशत ब्याज अनुदान पाउने व्यवस्था गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*