बागमतीको कृषि मन्त्रालयमा पाण्डे,कृषिलाई चिनाउने गरी काम गर्ने प्रतिबद्धता

अखबार हब
२०७८ आश्विन ५, मंगलवार ०९:१४

हेटौंडा । बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले प्रदेशमा कृषि क्षेत्रलाई चिनाउनेगरी काम गर्नका लागि आग्रह गर्नु भएको छ । मन्त्रालयमा आज आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई संबोधन गर्दै उहाँले जसरी काम गरेपनि कृषि क्षेत्रको हित हुनेगरी गर्नका लागि मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । कार्य सम्पादनमा उत्कृष्ट भएर काम गर्नका लागि आग्रह गर्नुभयो । कर्मचारीलाई कामको क्षेत्रमा परेका समस्याहरुलाई समाधान गरिने वताउनुभयो ।

मन्त्रालयको सचिवको रुपमा सरुवा भएर आउनु भएका पाण्डेले पाण्डेलाई मन्त्रालयका कर्मचारीले स्वागत एवम् सम्मान गरेका छन् । भदौ २९ गतेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको सचिवमा सरुवा भएका पाण्डेलाई सोमबार मन्त्रालयका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका हुन् ।

७ महिना अघिसम्म भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमै योजना तथा अनुगमन महाशाखा प्रमुख र दुग्ध विकास बोर्डको प्रमुखको रुपमा काम गर्नुभएका पाण्डे सहसचिवमा बढुवासँगै सरुवा भएर राष्ट्रिय पशु आहार तथा लाइफ स्टक गुण व्यवस्थापन प्रयोगशाला काठमाडौँ जानु भएको थियो । सचिव पाण्डेले इमानदार र अनुशासित भएर काम गर्न कर्मचारीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो–‘७ महिना अघिसम्म यही मन्त्रालयमै थिएँ, सचिवको रुपमा फेरि आउन पाएँ । म टिमवर्कमा विश्वास गर्छु’, ‘यहीँ रहेर १८ महिना बढी काम गरिसकेको छु यसकारण पनि काम गर्न थप सहज हुन्छ भन्ने लागेको छ ।’

कृषि क्षेत्रको रुपान्तरण र विकास मुख्य योजना रहेको भन्दै उहाँले आफू सचिव पदमा रहँदा कार्यसम्पादन र जिम्मेवारीमा समस्या पर्न नदिने दावी गर्दै भन्नुभयो–‘‘म भएको भए यसो गर्थें भन्ने कुनै योजना छ भने नोट गर्नुस् । म साथ दिन तयार छु । सबै कर्मचारीले कार्यसम्पादनमा उत्कृष्ट हुने गरी काम गर्नुहोस्’, सचिव पाण्डेले भने, ‘कसैको पनि फायल रोक्ने काम नगरौँ । ‘हुन्छ’ वा ‘हुन्न’मा जवाफ दिने गरौं । हुने भए तत्काल काम गरौं, नहुने भए कारण बताइदिने गरौं ।’ रोकिएका ‘बिग प्रोजेक्ट’हरु तत्काल अघि बढाउने जानकारी दिँदै उहाँले आफू सहजीकरणका लागि आएकोले ‘हाकिम’ भनेर हिच्किचाहट नराख्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।

मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको पशुपन्छी विकास निर्देशनालयका प्रमुख डा रामप्रकाश प्रधानले सचिव पाण्डेले महाशाखा प्रमुखको रुपमा काम गर्दा कार्यकौशलता प्रश्तुत गरिसकेको उल्लेख गर्दै मिडियामैत्री कर्मचारीको छवि बनाएको धारणा राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*