मकवानपुरमा गाँउपालिका अध्यक्षसँगै पत्रकारलाई पनि भ्रष्टचारको मुद्धा

अखबार हब
२०७८ आश्विन १६, शनिबार १०:३२

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले  बताउनुभयो । आयोगमा मुद्धा दायर भएसंगै अध्यक्ष मोक्तान स्वत निलम्बनमा पर्नुभएको छ ।

आयोगले आरोपीहरुसँग २ लाख ६० हजार ९०० बिगो मागदावी लिएको छ । आर्थिक वर्ष २०७५–७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दा कामभन्दा बढी रकम भुक्तानी लिएर भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

आयोगले गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखा परीक्षक त्रिलोक थापामगर, फिलिंगो मिडिया प्रालिका अध्यक्ष रामकुमार रिजाल र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेललाई विपक्षी बनाएको छ ।

उहाँका अनुसार कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानलाई २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो मागदावी, संचालक राम कुमार रिसालसँग २ लाख ६० हजार ९ सय रुपैयाँ र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुसारी, लेखापाल श्रेष्ठ, आन्तरिक लेखापरीक्षक मगर र सामाजिक विकास अधिकृत पौडेलसँग एकमुष्ठ २ लाख ६० हजार ९ सय रुपैयाँ बिगो असुल समेत हुने गरी भष्टाचारको आरोप पत्र अदालतमा दायर गरेको छ । अख्तियारले मुद्धा दायर गरेसंगै कर्मचारीहरुजती स्वत निलम्बनमा परेको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*