ओखलढुंगा बस दुर्घटनाः घाइते खड्कालाई थप उपचारका लागि काठमाडौँ लगियो

अखबार हब
२०७८ आश्विन १६, शनिबार १९:५१

ओखलढुंगा ।ओखलढुंगा  जिल्लाको चम्पादेवी गाउँपालिकाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन। बा ३ ख ९३०४ नम्बरको बस आज विहान साढे ६ बजे भदौरे सडकमा चिप्लिएर पल्टिएको हो ।

सो दुर्घटनामा चम्पादेवी ६ का मिनबहादुर खड्का घाइते भएका हुन। घाइते खड्कालाइ उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको छ । हाल उनको ललितपुर स्थित बि एन्ड अस्पतालमा उपचार भैरहेको छ । ढाडमा समस्या देखिएकोले थप उपचारका लागि काठमाण्डौ ल्याइएको घाइतेका आफन्त बाबुराज कालिकोटेले बताए । हाल घाइतेको अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*