महिला एकताको २३ औँ बार्षिक साधारण सभा सम्पन्न

अखबार हब
२०७८ आश्विन २२, शुक्रबार १२:०९

मकवानपुर । महिला एकता बचत तथा ऋण सहकारी सस्थाको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न चरणमा गरि सस्थाले आफ्नो २३ औँ बार्षिक साधारण सभा गरेको हो ।

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा रहेको सहकारीले आफ्नो २३ औँ साधारण सभा कोराना माहामारीको जोखिम अझैँ कायम रहेको कारण विभिन्न चरणमा गरि सम्पन्न गरेको सहकारीकी व्यवस्थापक शर्मिला ढुङ्गानाले बताइन।

कुल १०५४ शेयर सदस्य रहेको सहकारीको आव २०७७/०७८ मा जम्मा ८७ लाख ९३ हजार दुई सय शेयर पुँजि रहेको छ, भने संस्थाले १७ लाख ६४ हजार आठ सय १२ रुपैँया नफा आर्जन गरेको सस्थाको लेखा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सस्थाले आ.व २०७८/०७९ को लागि शेयर पुँजी १ करोड ३० लाख रुपौँया,बचत ८ करोड १२ लाख ७२ हजार सात सय २१ रुपौँया पुर्याउने लक्ष्य लिएको संस्थाकी सचिव तारा जोशीले बताइन् ।

साथै संस्थाले विभिन्न शिर्षकमा गरि जम्मा १ करोड २५ लाख २५ हजार ६ सय ४२ रुपौँया आम्दानी गर्ने लक्ष्य लिएको जोशीले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष शर्मिला महतको सभाध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा प्रतिवेदन पेश गरिएको थियो । सभामा १७ वटा प्रस्तावमाथी छलफल गरी पास गरिएको अध्यक्ष महतले बताइन् ।

साधारण सभा असोज १७ गते सुरु भएर असोज २१ गते सम्म चलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*