बकैयामा भोलि युवा संघको बृहत युवा भेला हुँदै,सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने

अखबार हब
२०७८ आश्विन २२, शुक्रबार १२:५३

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा भोलि (असोज २३ गते) नेकपा एमाले निकट राष्ट्रिय युवा संघ,बकैया कमिटीले गाउँपालिका स्तरीय बृहत युवा भेला गर्ने भएको छ ।

बकैया–६ को गौतम बुद्ध पर्यटन पार्कमा हुने युवा भेलाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय युवा संघ,बकैया कमिटीका संयोजक विजय वाईवाले जानकारी दिए । उनले गाउँपालिका भरबाट २ हजार भन्दा बढी युवाहरुको सहभागिता रहने समेत बताए ।

भेलालाई नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय युवा संघ,मकवानपुरका जिल्ला सचिवालय सदस्य जितेन्द्र दाहालले बताए ।

सचिवालय सदस्य दाहालका अनुसार भेलाले राष्ट्रिय युवा संघ,बकैया कमिटीको नयाँ कार्यसमिति समेत घोषणा गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*