७६० संक्रमित थपिए, थप ११ जनाको मृत्यु, ८९९ निको
काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ७६० जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र पाँच हजार ८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ८९९ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ७५ हजार ७२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।