दशैंमा ३० अर्ब नयाँ नोट साटियो
काठमाडौं । यो दशैंमा ३० अर्ब रुपैयाँ नयाँ टोस साटिएको छ । ५०० र १०० दरका १७ अर्ब र १०० भन्दा तलका १३ अर्ब गरी कूल ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।
‘यो दशैंमा ३० अर्ब रुपैयाँ नयाँ नोट साटिएको छ,’ प्रवक्ता ढकालले भने, ‘असोज ४ देखि २५ गतेसम्म नयाँ नोट सटही गरिएको थियो ।’
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँका एक सेट गरी एक जनाले साढे १८ हजार रुपैयाँ साट्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले आफ्ना देशभर रहेका कार्यालय र विभिन्न बैंकहरुमार्फत् नयाँ नोट सटही सुविधा उपलब्ध गारएको थियो ।
राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउँदै आएको छ ।