लाखौँ रुपैयाँ पर्ने रोल्पा नगरपालिकाको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन

अखबार हब
२०७८ कार्तिक १, सोमबार १३:०४

रोल्पा । रोल्पा नगरपालिकाले गत ३ वर्ष अघि खरिद गरेको दुध बोक्ने ट्याङ्कर प्रयोगविहीन बनेको छ ।

किसानहरुले उत्पादन गरेको दुधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा ल्याइएको ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा बिग्रिन थालेको छ । नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रह समेत गरेका थिए । तर नगरपालिकाले आफै प्रयोग गर्ने भन्दै दिन नमानेपछि लाखौँ रुपैयाँ मूल्यको ट्याङ्कर प्रयोगविहीन भएको हो ।

नगर प्रमुख पूर्ण केसीले ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताए । किसानहरुलाई गाईभैंसीमा अनुदान दिई दुध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको समेत केसीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*