मउवा संघ निर्वाचन : न्यौपाने र अग्रवालको प्यानल चुनावी मैदानमा

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार ०८:२२

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आज (मंगलबार) हुने निर्वाचनमा अध्यक्ष पदका लागि संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल भिड्दै छन् । न्यौपाने र गुप्ता चुनावी मैदानमा होमिएका हुन् । दुबै जना आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएको हो ।

यस अघि मकवानपुर उद्योग वाणिज्य सघंको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका महेन्द्र राउत भने ब्याक भएका छन् । उनले कृष्णकुमार गुप्तालाई सहयोग गर्ने जनाएको छ । राउत नेपाली कांग्रेस मकवानपुरका नेता हुन् भने अग्रवाललाई शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेको थियो ।

त्यस्तै अर्का अध्यक्षका उम्मेदवार न्यौपाने पूर्व प्रधानमन्त्री केपी शर्मा वली प्रधानमन्त्रीमा बाहाल रहदा एमाले प्रवेश गरेका थिए । प्यानल सहित सघंको अध्यक्ष पदमा प्रतिस्पर्धामा देखिएका दुुबै जना व्यवसायीहरु बिच घुलमिल भएका सफल व्यवसायी हुन् ।

वर्तमान उपाध्यक्षसमेत रहेका गुप्ताको समर्थनमा मकवानपुर उद्योग वाणिज्य सघंका अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्षहरु भुवनलाल श्रेष्ठ,अरुण सुमार्गी देखिएका छन् ।

निवर्तमान अध्यक्ष न्यौपानेले आफुले पूर्व अध्यक्षहरुलाई सधैँ अघि बढ्न सहयोग गरे पनि आफूलाई अघि बढाउन सक्रियता नदेखिएको बताए । उनले व्यवसायीको समस्यामा नेतृत्व पुग्नु पर्ने भन्दै निषेधको राजनीति तोड्न संघमा पुनः आउन खोजेको बताए । उनले आफ्नो टीमले व्यवासयीको मर्म बुझेर नीति निर्माणसम्मको काम गर्ने बताए । अरुबाट स्वचालित व्यक्तिहरुलाई मत नदिन न्यौपानेले आग्रह समेत गरे ।

मकवानपुर उद्योग वाणिज्यसंघको चुनावी कार्यतालिका अनुसार हिजो सोेमबार उमेदवारी दर्ता र आज संघको सभाहल पल्पसा सभागृहमा बिहान ९ बजेबाट मतदान कार्यक्रम सुरु हुँदै छ ।

निर्वाचन अधिकृत इश्वरराज ढकालका अनुसार आज बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म मतदान गर्न पाईने छ । उक्त समय भित्र आईपुगेका निर्वाचन हाताभित्र मतदान गर्ने लाइनमा बसेकाहरुले मतदान गर्न पाउनले छन् ।

निर्वाचनमा दुईवटा प्यानलका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

चुनावी मैदानमा राजकुमार न्यौपानेको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्ष पदमा रामप्रसाद न्यौपाने, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रतिमा श्रेष्ठ, एशोसियटतर्फको उपाध्यक्षमा उज्वल चौलागाईँ र वस्तुगततर्फको उपाध्यक्षमा राजु अधिकारी उम्मेदवार रहेका छन् ।

त्यस्तै सदस्य पहको उम्मेदवारहरुमा नवराज खतिवडा, राजु थापा, अशोककुमार राउत, अजिव भट्टराई, तेजराज अधिकारी, दिपक शिवाकोटी, ज्ञानेन्द्र बर्तौला, मेनका श्रेष्ठ, नरेन्द्र भण्डारी, हरिप्रसाद ढकाल, माधव ज्ञवाली, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, सुदर्शन पराजुली, विष्णु दाहाल, बालकृष्ण बजगाईँ, हरिनारायण ठाकुर, मनु दाहाल, नेत्र कुमारी भक्त अग्रवाल, राजु राउत लगायत रहेका छन् ।

यस्तै अग्रवालको प्यानलमा वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल, उद्योगतर्फको उपाध्यक्ष पदमा प्रमोदसिंह रानाभाट, एसोसियटतर्फको उपाध्यक्ष पदमा विष्णु खनाल, वस्तुगततर्फको उपाध्यक्ष पदमा काब्यमणि अधिकारी उम्मेदवार रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कुलप्रसाद चौँलागाई, जावेद हुसेन, सन्तोष कुमार अर्याल,गणेशप्रसाद भेटवाल, पुष्पराज पुडासैनी, कृष्णप्रसाद ढुंगाना, निलम बैद्य, भुपेन्द्रप्रसाद अधिकारी, अंकिता सुमार्गी, प्रदिप अर्याल, दिपक खत्री, निमल पाण्डे श्रीकृष्ण कर्माचार्य, राजाराम कार्की, अनिलभक्त श्रेष्ठ, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, रुपकराज दाहाल, दिपक उप्रेती, दामोदर पाठक, र सितादेवी भेटुवाल रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*