मनहरीका दीर्घरोगीले निःशुल्क उपचार पाउने

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार १७:३९

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका दीर्घरोगीहरुले निःशुल्क उपचार सेवा पाउने भएका छन् । दीर्घरोगीहरुलाई आवश्वयक औषधी उपचार गर्न सहज होस् भन्ने उद्येश्यले पाटन अस्पताल र मनहरी गाउँपालिका बिच सम्झैता भएको मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

गाउँपालिका भित्रका र्दीघरोगका बिरामीहरुलाई गाहे अप्ठ्यारो पर्दा घरमै गएर उपचार गर्ने र औषधीको व्यवस्था गरिने,गम्भीर बिरामी देखिए उपचारकोलागि पाटन अस्पताल पुर्याइने उनले बताए ।

गाउँपालिकामा र्दीघरोगीको पहिचान भइरहेको र पहिचान भएपछि बिरामीलाई सेवा उपलब्ध गराइने उप्रेतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*