सांग्रिला विकास बैंक रजैया शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

अखबार हब
२०७८ कार्तिक १०, बुधबार ०९:००

मकवानपुर। सांग्रिला विकास बैंक रजैया शाखाले बैंकको १७ वार्षिकोत्सवको अवसर पारेर आज वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मनहरी गाउँपालिका वडा नं–४ गोलघरमा सम्पन्न कार्यक्रममा बैंकका तर्फबाट रजैया शाखाका शाखा प्रवन्धक विमल संजेलले स्थानीयबासीलाई वित्तीय साक्षरता प्रदान गर्नुभएको हो ।

कार्यक्रमा स्थानीय युवा, महिला तथा पुरुष गरी करिव ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रबन्धक संजेलले बैंक तथा वित्तिय संस्था, यसको महत्व, बचत, लगानी, कर्जा, बिमा तथा रेमिटेन्सको सदुपयोगिता तथा महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा स्थानीय वासिन्दाको तर्फबाट आएका विविध जिज्ञाशाको सहजीकरण गरिएको थियो । कार्यक्रमले आफूहरुलाई बैंक तथा वित्तीय संस्था के हो र यसबाट कसरी कर्जा तथा वचतमा सही सदुपयोग गरी लाभ लिन सकिन्छ भन्ने विस्तृतमा जानकारी पाइएको स्थानीय नानी बाबु गोदार थापाले बताउनु भयो ।

बैंकले आफ्नो १७ औं वार्सिकोत्सबका अवसरमा सप्ताहव्यापी विविध कार्यहरु संचालन गरिरहेको छ । बैंकले आउदो कार्तिक १३ गते हेटौंडा सामुदायिक आँखा अस्पतालसंगको सहकार्यमा जनज्योतिमा जनज्योति मावि मयूरधापको प्रागणमा निशुल्क आँखा शिविर समेत संचालन गर्दैेछ । बैंकले हाल देशभरमा ९८ वटा शाखा र मकवानपुरमा २ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*