निजगढ नगरका किसानलाई किसान क्रेडिट कार्ड

अखबार हब
२०७८ कार्तिक १८, बिहीबार ०९:४८

बारा । जिल्लाको निजगढ नगरपालिकाले कृषकहरुको लागि किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने भएको छ । किसानलाई सहुलियत ऋण दिन किसान क्रेडिट कार्ड स्किम संचालन गर्न लागिएको मेयर सुरेश कुमार खनालले बताए ।

नगरको कार्यपालिका बैठकले किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निर्णय गरेको हो । किसानहरुलाई बैंक मार्फत कर्जा लिदा हुने समस्याको समाधान हुने अपेक्षा सहित क्रेडिट कार्ड स्किमको व्यवस्था गर्न लागिएको मेयर खनालको भनाई छ । उनका अनुसार विशेषगरी कृषकहरुले मल,बिउ, बिजन,कृषि औजार,कृषि सामाग्री लगायत अन्य आवश्यक कृषि वस्तुहरु खरिद गर्नकोलागी किसान क्रेडिट कार्ड उपयोगी हुनेछ ।

किसान क्रेडिट कार्ड स्किम संचालन गर्ने निजगढ नगरपालिका बारा जिल्लाको पहिलो स्थानीय तह हो । यो कार्ड लागु भएपछी कृषकहरुले पैसाको अभावमा खेति गर्ने समयमा चिन्तित बन्नुपर्ने अवस्थाको न्यूनीकरण हुने मेयर खनालको अपेक्षा रहेको छ । यसैबीच नगरपालिकाले लागु गर्न लागेको किसान क्रेडिट कार्ड स्किमको निजगढका कृषकहरुले स्वागत गरेका छन् । कृषकहरुलाई बैंकले कर्जा उपलब्ध नगराउँदा खेतीपातीमा आर्थिक अभावका कारण समस्यामा पर्ने कृषकहरुलाई यस स्किम मार्फत राहत पुग्ने निजगढका केरा कृषक हिरा सारु मगरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*