आज दुई वाणिज्य बैंकले गरे लाभांश घोषणा, कुनले कति ?

अखबार हब
२०७८ कार्तिक २३, मंगलवार १०:५८

काठमाडौं । आज (मंगलबार) दुई वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यस दिन सनराइज बैंक र प्राइम कमर्शियल बैंकले लाभांश घोषणा गरेका हुन् । यी दुई वटै बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ। ६।६५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ।

प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

यसमा तपाइको मत

Your email address will not be published.


*