इन्डोनेसियामा ६.१ म्याग्नीच्युडको भूकम्प

अखबार हब
२०७८ कार्तिक २५, बिहीबार १५:५५

इन्डोनेसिया । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सवेरै भूकम्प गएको हो ।

भूकम्प सम्वन्धी निकायले ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । ठूलो भूकम्प आएपनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण पनि नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार बिहीबार बिहान ८:४५ बजेतिर भूकम्प गएको हो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published.


*