इक्वेडरको एक कारागारमा भएको झडपमा ६८ कैदीको मृत्यु
काठमाडौं । इक्वेडरको एक कारागारमा भएको झगडामा परि कम्तीमा ६८ कैदीको मृत्यु भएको छ ।
बीबीसीका अनुसार शुक्रबार साँझ उक्त कारागारमा झडप भएको हो । घटनापछि प्रहरी कारागारभित्रै प्रवेश गरेर हेर्दा बन्दुक, विस्फोटक पदार्थ र धारिला हतियारहरू फेला पारेको बताइएको छ ।
घटनामा २५ जना घाइते भएका छन्। पछिल्लो केही विषयमै कारागारमा झडप भएको बताइएको छ । त्यति ठूलो बिषय नभएपनि झैझगडा हुँदा तीन कैदीको गोली हानी मारिएको बताइएको छ । घटनापछि प्रहरीले अन्यलाई सुरक्षित स्थनतर्फ सारेका बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार एक समूहका नाइके रिहा भएपछि विवाद उत्पन्न भएको थियो । सोही कारणले झगडा भएको र त्यसपछि एउटा कारागार नाइकेविहीन बनेपछि अन्य समूहहरूले प्रवेश गरेर आमहत्या गरे गरेको बताइएको छ । उक्त कारागारमा ७०० कैदी रहेको बताइएको छ ।
घटनापछि मृतकका आफन्तहरु मृतकहरुको नाम लिष्ट हेर्नका लागि भीड लाग्नेगरी उपस्थित भएको समाचार माध्यमहरुले बताएका छन् । इक्वेडरकै अर्को एक कारागारमा भएको झडपमा १०० भन्दा बढी कैदीहरुको मृत्यु भएको थियो ।