सामसङको दोस्रो लक्की ड्रमार्फत् २१ भाग्यशाली विजेता घोषणा

अखबार हब
२०७८ मंसिर १, बुधबार १२:५४

काठमाडौं । सामसङ मोबाइलले दोस्रो लक्की ड्रमार्फत् २१ जना भाग्यशाली विजेता घोषणा गरेको छ।

साङसङले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ देखि ३० तारिखसम्म उपहार योजना सञ्‍चालन गरिरहेको छ। जुन योजना अन्तर्गत प्रत्येक दिन तीन जना ग्राहकले पाँच ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन्।

यसै योजनाको दोस्रो लक्की ड्र मंगलबार सम्पन्न गरेको हो। उक्त लक्की ड्रमा यही नोभेम्बर ६ देखि १२ तारिखसम्मको अवधिलाई समेटिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइल वा ट्याब खरिद गर्ने ग्राहकहरुले एसएमएस नम्बर ३६००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ।

लक्की ड्रबाट विजेता बनेकाहरुको सिरियल नम्बर सामसुङको फेसबुक पेजमा प्रकाशित गरिएको जनाएको छ। विजेतालाई सात दिनभित्र आवश्यक कागजातसहित आफ्नो उपहार दाबी गर्न अनुरोध गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*