भुलबस दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि…
ब्राजिल । ब्राजिलमा भुलवश दुई नवजात शिशुलाई कोरोना भाइरसको खोप दिएपछि अस्पताल भर्ना गर्नुपरेको छ ।
ब्राजिलियन मिडिया रिपोर्टका अनुसार भुलबश कोरोना भाइरसको खोप लगाएपछि नवजात शिशुहरुमा रियाक्सन देखिए लगत्तै अस्पताल भर्ना गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार दुई महिनाकी बालिका र चार महिनाको बच्चालाई पखाला, टिटानस, कफ र हेपाटाइटिसको संयुक्त डोजको सट्टा भुलबस कोरोना भाइरसबाट जोगाउन फाइजर भ्याक्सिनको डोज दिइएको थियो।
बालबालिकालाई कोरोनाको खोप दिने नर्सलाई तत्कालका लागि निलम्बन गरिएको र यस घटनाबारे अनुसन्धान भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । एजेन्सी