इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अखबार हब
२०७८ मंसिर २८, मंगलवार १२:३३

काठमाडौं। पूर्वी इण्डोनेसियामा ७.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुसार भूकम्प फ्लोर्स सागरमा १८.५ किलोमिटर गहिराइमा मौमेरे सहरबाट करिब १०० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएर गएको थियो । भूकम्प स्थानीय समयअनुसार बिहान १० बजेर २० मिनेटको समयमा (नेपाली समय ९ बजेर ५ मिनेट) गएको थियो ।

सीएनएनका अनुसार प्यासिफिक सुनामी वार्निङ सेन्टरले भनेको छ ‘भूकम्प केन्द्रको १ हजार किलोमिटरको दायरामा समुद्र तट नजिकै खतरनाक लहरहरु उठ्ने आशंका छ ।’ युएसजीएसले मानिसहरु हताहत भएको आशंका कम भएको बताएको छ तर यो भूकम्पले सुनामी र पहिरोको जोखिम बढाएको छ ।

यसअघि २००४ मा इण्डोनेसियामा सबैभन्दा खतरनाक भूकम्प गएको थियो । सुमात्रानजिकै ९.१ म्याग्नेच्युडको भूकम्पले सुनामी पनि ल्याएको थियो । यसमा इण्डोनेसियाका करिब डेढ लाख मानिसहरु मारिएका थिए । २०१८ मा पनि यहाँ शक्तिशाली भूकम्प गएको थियो । यसमा होलिडे द्विप र सुंबावा द्विपमा ५५० भन्दा धेरै मारिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*