मायाप्रेम भन्दा भरपर्दो इन्टरनेट चाहन्छन् अचेलका युवा
काठमाडौं । आजकलका किशोर तथा युवा पुस्ताले मायाप्रेम भन्दा गुणस्तरीय इन्टरनेट चाहेको पाइएको छ । बेलायतमा भएको एक सर्वेक्षण अनुसार पछिल्लो पुस्ता विश्वसनीय इन्टरनेटको पक्षमा रहेको पाइएको हो ।
उनीहरू बिदाको दिन घुम्न जानुभन्दा पनि अनलाइनमा बस्न बढी रुचाउने निष्कर्ष सर्वेक्षणको छ । बेलायतको मोबाइल नेटवर्क अपरेटर एवं इन्टरनेट सेवाप्रदायक ‘ईई’ की निर्देशक शारन मिडोजले गरेको सो सर्वेक्षणमा सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका दुई हजार जनालाई सहभागी गराइएको थियो ।
सर्वेक्षणमा सोधिएका प्रश्नका उत्तर दिने क्रममा किशोर तथा युवाले घुम्न जानुभन्दा पनि अनलाइन बस्न, साथी बनाउन र घर किन्न बढी रुचि देखाएका थिए ।
‘सन् २०२२ को प्राथामिकता’ भन्ने विषयमा गरेको सो सर्वेक्षणमा ७४ प्रतिशत सहभागीले ‘कनेक्टिभिटी’ लाई महत्व दिएका हुन् । त्योभन्दा बढी ७७ प्रतिशतले आफ्नो भविष्यमा केन्द्रित हुने विषय उल्लेख गरेका छन् ।
सर्वेक्षणमा ७० प्रतिशतले घुम्न जाने योजना सुनाए । भने, ६९ प्रतिशतले साथी बनाउन रुचि देखाए ।
त्यसमध्ये ५१ प्रतिशतले आफ्नो पार्टनरसँग सेटल हुने, ४३ प्रतिशतले विवाह गर्ने र ४० प्रतिशतले बच्चा जन्माउने जवाफ दिएका छन् ।