पाञ्चायन बचतको साधारणसभा सम्पन्न, ४ लाख १७ हजार बढी नाफा

अखबार हब
२०७८ पुष १७, शनिबार १९:१८

मकवानपुर । पाञ्चायन बचत तथा ऋण सहकारीको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

हेटौंडा–५ मा रहेको पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं साधारणसभा आज सम्पन्न भएको हो । कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै संस्थाले समूहगत रुपमा ४ दिन लगाएर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

७ सय २० जना शेयर सदस्य रहेको उक्त सहकारीमा १ करोड ५८ लाख ५८ हजार ६ सय शेयर पुँजी रहेको छ । संस्थाले गत आ.व.मा १० करोड ३१ लाख ९४ हजार ४ सय ५५ निक्षेप संकलन गरेको छ भने ५ करोड ५९ लाख ७ हजार ५ सय ५० रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले आ.व. २०७७/०७८मा ४ लाख १७ हजार ५० रुपैयाँ नाफा आर्जन गरेको सहकारीका कोषाध्यक्ष राजेन्द्र बर्ताैलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*