मकवानपुरका सहकारीमा पनि देखियो तरलता अभाव

अखबार हब
२०७८ पुष १९, सोमबार १०:३३

मकवानपुर । बैंकहरूमा जस्तै मकवानपुरका सहकारी संस्थाहरूमा पनि तरलताको अभाव देखिन थालेको छ । बैंकहरूमा हरेक महिनाजसो बचत र मुद्दती रकममा ब्याजदर वृद्धि गर्दा पनि तरलताको अभाव देखिएको हो । त्यो समस्या यहाँका सहकारी क्षेत्रमा पनि देखिन थालेको छ । सहकारीमा पनि ऋणका लागि माग धेरै आउन थालेको हो ।

बैङ्कहरूले स्वीकृत भएको ऋण समेत दिन नसक्ने अवस्था आएपछि लगानी कर्ता सहकारीतिर धाउन थालेको सहकारीका सञ्चालकहरू बताउँछन् । 

यसैक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा १७ औं स्थापना दिवसका अवसरमा तरलता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रममा सहकारीमा बढ्दै गएको तरलताका विषयमा छलफल भएको छ ।

सहकारी क्षेत्रमा देखिएको तरलता कम गर्नका लागि गर्न सकिने कामका विषयमा छलफल भएको हो । कार्यक्रमको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सहकारी क्षेत्रमा बैंकमा जस्तो तरलताको समस्या हुन नदिन सबै लाग्नुपर्ने बताए। सहकारीका कारण अहिले गाउँदेखि शहर सम्म कुनैपनि क्षेत्रमा लगानी गर्नका लागि सहजता भएको बताए । सहकारीले बचत गर्ने र ऋण परिचालन गर्ने मात्र भन्दा पनि आर्थिक उपार्जनका क्षेत्रमा काम गर्न मेयर महतले सुझाब दिए।

यसमा तपाइको मत

Your email address will not be published.


*