बढ्यो सुन–चाँदीको मूल्य

अखबार हब
२०७८ पुष २१, बुधबार १२:५१

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदीको प्रतितोला मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२१ सय ५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*