सशक्त बचतको कर्जा १ करोड २६ लाख

अखबार हब
२०७८ पुष २४, शनिबार १६:३५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–४ स्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

आज (शनिबार) सम्पन्न सहकारीको १२ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार गत आवमा सहकारी १ करोड २६ लाख कर्जा लगानी गरेको हो । यसैगरी बचत ७२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिम हिसावमा सहकारीको बचत ७२ लाख रुपैयाँ उल्लेख छ ।

सहकारीको शेयर सदस्य ७ सय ८१ जना हुँदा शेयर पुँजी ४७ लाख ७२ हजार रुपैयाँ पुगेको छ । सहकारीका अध्यक्ष बालकृष्ण कार्कीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष मिना चौरेल¬को प्रमुख आतिथ्यमा भएको थियो ।

साधारणसभाको उद्घाटन कार्यक्रममा युवा तथा साना रोजगार कोषकी संयोजक मिना अर्याललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमा संस्थाका उपाध्यक्ष कृष्ण कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*