सेयर बजारमा ७३ अंकको छलाङ, कारोबार पनि दोब्बर

अखबार हब
२०७८ पुष २५, आईतवार १५:२४

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७३ अंकले बढेको छ । ७३.०१ अंकले बढेसँगै परिसूचक २७६५ अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम झण्डै दोब्बर भएको छ । बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ७ अर्ब १० करोड पुगेको छ ।

सबै उपसमूहमा उल्लेख्य वृद्धि भएको छ । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स ११५, होटल तथा पर्यटन ५, जलविद्युत १४८, लगानी ३, जीवन बीमा २९५, उत्पादन १३६, माइक्रोफाइनान्स ७०, निर्जीवन बीमा ३७९, अन्य ६२ र व्यापार उपसमूह १७१ अंकले बढेका छन् ।

१८३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको घट्यो । नेपाल हाइड्रो डेभलपर्स र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशतले बढ्यो । युनियन हाइड्रोपावर, मध्यभोटेकोसीको मूल्य ९.९ प्रतिशतले बढ्यो । न्यादी हाइड्रोको मूल्य ९।४ प्रतिशतले बढ्यो । कारोबारका आधारमा अपी पावर, प्रभु बैंक, माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट र अरुणभ्याली हाइड्रोपावर क्रमश अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published.


*