उद्योगसंघ मकवानपुरको अध्यक्षमा प्याकुरेल
मकवानपुर । उद्योगसंघ मकवानपुरको २० औँ साधरण सभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । सोमबार हेटौंडामा भएको साधारण सभाले स्वागत राज प्याकुरेलको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा बद्रीनाथ शर्मा,द्वितिय उपाध्यक्षमा श्रीहरी मास्के,महासचिवमा किशोर अर्याल, सचिवमा सुयश राज पराजुली,कोषाध्यक्षमा श्याम ढकाल,सहकोषाध्यक्षमा बुद्धराज अर्याल चयन भएका छन् ।
यस्तै सदस्यहरु सबिता पौडेल, सविना सिटौला,हरिहर अर्याल, दिवश चौलागाई,शिरमणी प्याकुरेल,सम्राट सिंह, सृजन कोइराला,शरदचन्द्र भट्टराई र नितिन जयन चयन भएका छन् ।