मनहरी अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि,ओपिडी सेवा बन्द

अखबार हब
२०७८ पुष ३०, शुक्रबार १९:४६

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई कोरोना सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भए संगै जोखिम न्युzनिकरणको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने भएको हो ।

गाउँपलिकाका प्रमुख प्रशाकीय अधिकृत हरिचन्द्र सापकोटाले एक सूचना जारी गर्दै जोखिमलाई मध्यनजर गर्दै पुस २९ गतेबाट एक हप्ताको लागि अस्पतालको ओपिडि सेवा बन्द हुने जनाएका छन् ।

सूचनामा अस्पतालको कोभिड १९ विरुद्धको खोप,आकस्मिक सेवा र प्रसुती सेवा बाहेकका अन्य सबै सेवा बन्द रहने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*