३८ अंकले घट्यो नेप्से, साढे ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज सेयर बजार घटेको छ। बुधबार सेयर बजारको परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ पुगेको हो।
दिनभरमा २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ सेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ।
त्यस्तै, बुधबार कारोबार भएका कुल कम्पनीमध्ये १६५ कम्पनीको मूल्य घटेको छ भने जम्मा २० कम्पनीको मूल्य बढेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ।
आज बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनीको मूल्य ९.९७ प्रतिशत बढेको छ र सामलिङ पावर कम्पनीको मूल्य ९.९६ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँ ४० पैसाको कारोबार भएको हो।
यसपछि अरुन भ्याली हाइड्रोपावरको २० करोड ७ लाख ३९ हजार ६५४ रुपैयाँ ५० पैसा, हाइड्रोइलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डिभ्लप्मेन्ट कम्पनीको १५ करोड ३१ लाख ५२ हजार ७० रुपैयाँ ६० पैसा, अपर तामाकोशी हाइड्रोपावरको १५ करोड २१ लाख १० हजार ६०६ रुपैयाँ ६० पैसा सूर्य लाइफ इन्स्योरेन्स लिमिटेडको १४ करोड १ लाख ७४ हजार ६०६ रुपैयाँ ५० पैसाको कारोबार भएको छ।