१४.४८ अङ्कले घट्यो नेप्से परिसूचक, ५ अर्ब १५ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १४.४८ अङ्कले घटेर २ हजार ८७१.०५ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा हाइड्रो इलेक्ट्रिसिटि एण्ड डेभलपमेन्ट अग्रस्थानमा रहेको छ। यस कम्पनीको ५७ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ३ सय ५७ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश स् अपर तामाकोशी जलबिद्युत र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ ।
सोमबारको कारोबारमा १३ उपसुचक मध्ये ३ उपसुचक बढेको छ भने बाँकी १० उपसुचक घटेको छ। आज सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्स बित्तिय संस्था र विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन हाइड्रो र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।