बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा

अखबार हब
२०७८ माघ २१, शुक्रबार १३:३१

काठमाडौं । कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।

‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।

अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।

केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।

सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय खलपात्र हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*