हेटौंडाको मयुरधापमा ७९ लाख लागतमा पक्की सडक

अखबार हब
२०७८ फाल्गुन १, आईतवार १०:०५

मकवानपुर । हेटौंडा–१४ मयुरधापमा पक्की सडक निर्माणको शिलान्यास गरिएको छ । कुख्रेनी खोला देखि मयुरधाप सम्मको सडकलाई पक्की निर्माण गर्नका लागि बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् । बागमती प्रदेश सरकारको ७९ लाख रुपैयाँ लागतमा सडक निर्माण गर्न लागिएको हो ।

६ मिटर चौडाई रहेको यस सडक ८ सय मिटर लामो निर्माण हुने छ । सडकको शिलान्यास गर्नै पूर्व मुख्यमन्त्री पौडेलले पहिले एमालेका पालामा भएका विकासका काम गाउँ गाउँ सम्म पुगेको बताए । हरेक गाउँमा पक्की सडक, पुल निर्माणका कामले गति लिएपनि अहिलेको सरकारले विकास निर्माणका काम गर्न नसकेको बताए।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री जुनेली श्रेष्ठ, संबिधान सभाका सदस्य अनन्त पौडेल, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*