भ्यालेन्टाइन्स डेः गुगल डुडलमा लोखर्के जोडीलाई मिलाउने खेल
काठमाडौं । विभिन्न चाडपर्व अथवा दिवसको अवसर पारेर गुगलले आफ्नो डुडल परिवर्तन गरिरहेको हुन्छ । हरेक वर्ष झैँ यो वर्ष पनि गुगलले भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवसको अवसरमा नयाँ डुडल राखेको छ ।
यो पटकको डुडलमा गुगलले एउटा गेम राखेको छ, जुन गेममा प्रयोगकर्ताले एक जोडी प्रेमी लोखर्केलाई मिलाउनुपर्ने हुन्छ । रङ्गिविरंगी पानीको पाइपले बीचमा गुगल बनाइएको छ, जसको दायाँ र बाया दुईवटा लोखर्केहरू छन् ।
तपाईंले ती लोखर्केलाई एकै ठाउँमा पुर्याउन पाइपबाट बनेको गुगलको लोगोलाई मिलानुपर्ने हुन्छ, जुन पहिले नै बिगारेर राखिएको छ ।
गुगल लोगोको तलपट्टि विभिन्न आइकनका पाइपलाइनहरू दिइएका छन्, जसको सहायतामा तपाईंले बिग्रिएको पाइप मिलाउनुपर्ने हुन्छ । यो खेल सक्न तपाईंलाई थोरैमा ३० सेकेन्ड लाग्छ ।