भीमफेदीका बासिन्दालाई जयराम लामिछानेले गरे पानीको पाइप सहयोग

अखबार हब
२०७८ फाल्गुन ३, मंगलवार २०:१८

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदका उम्मेदवार जयराम लामिछानेले भीमफेदी गाउँपालिका वडा नम्वर ५ मा खानेपानीको लागि पाइप सहयोग गरेका छन् । मंगलबार उनले १५ सय मिटर खानेपानी पाइप स्थानीयलाई हस्तान्तरण गरेका छन्।

‘खानेपानीको पाइप फुटेर आक्रान्त भएपछि गाउँबासीले पानी खान पर्यो भनेर गुनासो गरे ।’ उनले भने –‘गाउँको लागि भनेर पानीको पाइप सहयोग गरेको हु ।’ ‘मानिसको लागि आवश्यक पर्ने तत्व पानी र अक्सिजन हो । यो भएन भने हामी बाच्न सक्दैनौँ ।

यो जीवनमरणको तत्व हो’–उनले भने। यसैगरी भीमफेदी गाउँपालिका वडा नम्वर ५ मा भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ५ का उपसभापति सिंहबहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका नेता ईश्वर पाठक, इन्दिरा न्यौपाने, तारा कार्कीलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*