मकवानपुरका चेपाङ समुदायको कथाः न एकसरो कपडा,न ओत लाग्ने छाप्रो (भिडियोसहित)
मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको सदरमुकामबाट अलि पर रहेको मनहरी गाउँपालिका वडा नम्बर १ तिर अखबारहवको टिम लाग्ने निधो ग¥यौँ ।
मनहरी गाँउपालिका तिर हिडेका हाम्रा पाईला काठबाट बनेर साना झुप्रा देखेपछि रोकिए । चारै तिरबाट हावा छिर्ने साना झुप्रा,अनि जाडोको मौसममा समेत एकसरो कपडा लगाएर बसेका केही मानीस देख्ने वित्तिकै हामीले यहि बस्तीको व्यथालाई बुझ्ने प्रयास सँगै त्यस समुदायको बास्तविकता सुरु गयौँ ।
नेपालकै लोपन्मुख चेपाङ समुदाय अनि चेपाङ समुदायमा एक ट्यावलेट सिटामोलको अभावमा छटपाटाईरहेको जिन्दगी,बर्षाको झरी र हिउदको सिरेटो नथेग्ने घर, अनि स्कुल समेत नदेखेका चेपाङ समुदायका बालबालीकाको भित्रि कथा देखाउने प्रयत्न गर्यौ।
बामगती प्रदेशको मुकाम हेटौँडा बाट करिब १३ किलोमीटर पश्चिम तिर लागेपछि पुगिन्छ मनहरी गाउँपालिका वडा नम्बर १को मकरी । यहि मकरीको तल्लो भेगमा करिब ७५ घरको हाराहारीमा चेपाङ बस्ति रहेको छ ।
साना काठले बनाई एका घर,कठ्याङ्ग्रीदो जाडो,अनि पातलो लुगामा काप्दै बसेका ८५ बर्षिय राते चेपाङ ८० दशक नाघेका राते चेपाङको भित्रि कथा बडो दर्दानाक छ । न जाडो छेक्ने तातो कपडा न त दुई छाक हातमुख जोर्नकालागी सहज अझ सरकारले दिने गरेको बृद्ध भत्ता समेत पाउनबाट बन्चित छन् उनी ।
भर्खरै जन्मिएका बालबच्चा हुर्काउन तेती सजिलो कहाँ छ चेपाङ समुदायमा । एकसरो राम्रो लगाउन नपाएर आछुछु गर्दै जाडो वित्छ,एक छाक मिठो खाने आसमा जिन्दगीको दशकौ बित्छ तर पनि राज्य मौन छ । सहयोगको नाममा केवल १ वटा ब्लाङ्केट र एक बोरा चामल मात्र पुग्छ यो बस्तिमा तेही पनि कम्ता खुसि हुदैनन् चेपाङ समुदाय ।
राज्यले दिने सेवा सुविधा लिनको लागी पहुँच पुग्दैन चेपाङ समुदायको पहुँच पुर्याउनेहरुले पहुँचले वित्थामा सेवा सुविधा लिदैँ आएका छन् । चेपाङ समुदायका लागी न सरकारी सुविधा न स्थानीय सरकारको ध्यान यिनिहरुका लागी राज्यले दिने सेवा सुविधा त केवल आकासको फल आँखा तरी मर भने जस्तै भएको छ ।
चेपाङ समुदाय भित्रका महिलाको रोदन साच्चै नै जो कोहीको मन भक्कानिन्छ । जहाँ एक महिलाको हात आगोले जलेर नचल्ने भयो । त्यही चल्ने एक हातले ज्यालादारी गरेर कमाएको ज्यालाले जेन तेन जिन्दगी चलिरहेको छ ।