बकैयामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार नगद २० हजार

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार ०९:५६

मकवानपुर । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । आउँदो फागुन १३ र १४ गते गाउँपालिको वडा नम्बर ७ को घमनटोल खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए ।

माघ महिनामा नै गर्ने भनेर लागेको प्रतियोगिता बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा बन्द रहे पनि अब भने पुन सुचारु गर्ने लागिएको बताए । उनले क्लबको सातौं वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने बताए ।

अध्यक्ष तिमल्सिनाले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने समेत बताए । उनले प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने र प्रतियोगितामा सहभागि टिमलाई दर्ता शुल्क १ हजार ५ सय लाग्ने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published.


*