महिलाहरुको आयआर्जन वृद्वि गर्न २० जनालाई बाख्रा विरतण

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार १९:३९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१ नम्वर वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्न बाख्रा विरतण गरेको छ ।

वडा कार्यालयले महिलाहरुको आयआर्जन बृद्वि गर्दै आर्थिकरुपमा आत्मनिर्भर बनाउन २० जना महिलालाई बाख्रा वितरण गरेको हो । वडा अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा सोमबार भएको कार्यक्रममा २० जना महिलालाई करिब ३ लाख बराबरको बाख्रा वितरण गरिएको हो ।

गतवर्ष पनि महिलाहरुलाई बाख्रा वितरण गरिएको थियो । सो कार्य प्रभावकारी भएपछि यसवर्ष पनि त्यसलाई निरन्तरता दिँदै बाख्रा वितरण गरिएको वडा अध्यक्ष न्यौपानेले बताए ।

देशलाई मासुमा आत्मनिर्भर बनाउने सरकारको अभियानलाई सघाउ पुर्याउन पनि बाख्रा वितरण कार्यक्रम सहयोगी हुने उनले बताए । उनका अनुसार गतवर्ष वितरण गरिएको बाख्राले राम्रो उत्पादन दिएको महिलाहरुबाट बाख्रा वितरण कार्यक्रममा वडा सदस्यहरु बेगम बराल, ईश्वरी रसाइली र सोमलाल स्याङ्तान लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*