‘सुजुकी सेलेरियो–२०२२’ हेटौंडामा, कति पर्छ मूल्य ?

अखबार हब
२०७८ फाल्गुन १०, मंगलवार २१:१८

मकवानपुर । हेटौंडाका लागि सुजुकीको आधिकारिक बिक्रेता गार्खाली ट्रेड एण्ड सप्लायर्सले सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । हेटौंडा–४ रजतपथमा रहेको गोर्खाली ट्रेड एण्ड सप्लायर्सले आज सुजुकीको ‘सुजुकी सेलेरियो–२०२२’ सार्वजनिक गरेको हो ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने संचालक सजक गोर्खालीले जनाएको छ ।

उक्त गाडीको खरिदमा १ लाख रुपैयाँ सम्मको छुट पाउँनेछन् भने, फागुन २० गतेसम्म बुकिङ गर्ने ग्राहकको लागि १ वर्षको बीमा शुल्क कम्पनीले नै भुक्तानी गर्ने उनले बताए । साथै ग्राहकले १ वर्षसम्मको फ्रि सर्भिसिड्ड र रोड ट्याक्समा पूरा छुट पाउनेछन् ।

संचालक गोर्खालीका अनुसार,‘सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।’

पावर र माइलेजको उत्तम समिश्रण भएको नयाँ जेनेरेशनको डुअल जेट, डुअल भीभीटी युक्त के सेरिज् इन्जिन प्रयोग गरेको छ । जसले नेपालमै सर्वाधिक २६.६८ किलोमिटर प्रतिलिटर माइलेज दिनसक्ने छ ।

सेलेरियोको ३ भेरियन्टको फरक–फरक मूल्य कायम छ । जसअनुसार सेलेरियो भीएक्आईको २७ लाख ९९ हजार रुपैयाँ, सेलेरियो जेडएक्सआईको २९ लाख ९९ हजार रुपैयाँ र सेलेरियो जेडएक्सआई प्लसको ३१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*