मकवानपुरको ४ स्थानीय तहमा २० वर्ष नपुगी ४२९ जना आमा बने

अखबार हब
२०७८ फाल्गुन ११, बुधबार ०७:३५

मकवानपुर । मकवानपुरको ४ स्थानीय तहमा २० वर्ष नपुगी ४ सय २९ जना आमा बनेका छन् । चालु आ.व. २०७८/७९को हालसम्मको तथ्यांकअनुसार मकवानपुरको ४ वटा पालिकामा २० वर्ष नपुगी ४ सय २९ जना आमा बनेका छन् ।

हेटौंडा उपमहानगरपालिकाभित्रै ३ सय ९० जना २० वर्ष नपुगी आमा बनेका हुन् । हेटौंडा उपमहानगरपालिकाको हर्नामाडी स्वास्थ्य केन्द्र, हेटौंडा अस्पाताल, मकवानपुर सहकारी अस्पातलबाट प्रसुती गराएको हेटौंडा उपमहानगरपािलका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

त्यस्तै बालमैत्री घोषणा भइसकेको बकैया गाउँपालिकामा १७ जना २० वर्षभन्दा कम उमेरमै आमा बनेका छन् । बालमैत्री घोषणा अभियानमा रहेका भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा २२ जना २० वर्ष नपुग्दै आमा बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*