आठ केजी गाँजासहित मनहरीबाट एकजना पक्राउ

अखबार हब
२०७८ फाल्गुन १२, बिहीबार २१:५०

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरी–५, चैनपुरमा चेकजाँच गर्ने क्रममा कैलाश गाउँपालिका–७ का २९ वर्षीय सुमिन्द्रकुमार दर्जीलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो । उनको साथबाट ८ केजी गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई जिल्ला अदालत मकवानपुरमा पेश गरी दश दिनको म्याद थपेर अनुसन्धन प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*