युट्युवलाई व्यवस्थित गर्न खोजिएको हो, नियन्त्रण होइनः सञ्‍चारमन्त्री

अखबार हब
२०७८ फाल्गुन २७, शुक्रबार १४:५०

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना एवं सञ्‍चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युवलाई व्यवस्थित गर्न खोजिएको बताएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खड्काले युट्युवलाई नियन्त्रण नभइ थप व्यवस्थित गर्न खोजिएको स्पष्ट पारे।

‘युट्युवलाई नियन्त्रण गर्ने होइन, नियमन गर्न र अरु थप प्रभावकारी बनाउन व्यवस्थित गर्न नियम लागू गरिएको हो, यो नियम लागू भइसकेपछि अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित प्रभावकारी र अझ समृद्ध बनाउन यसले योगदान गर्नेछ,’ उनले भने।

अभिव्यक्ति स्वतन्त्रता सरकारको प्राथमिकतामा रहेको भन्दै मन्त्री खड्काले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन ल्याउन कुनै पनि नियम कानुन नल्याउने र त्यस किसिमका नियम कानुन भए परिवर्तन गर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*