खानेपानीबाट बञ्चित बकैयाका तीनथुम्के बासी

अखबार हब
२०७८ चैत्र ६, आईतवार २१:४८

मकवानपुर । पूर्वीमकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–२ तीनथुम्केमा पानीको हाहाकार भएको छ । काउसेखोला ग्रामीण सौर्यऊर्जा अन्र्तगत खानेपानी बकैया–२ तीनथुम्केमा २०७१ सालदेखि सञ्चालन हुँदै आएको भएपनि पम्प बिग्रीएपछि हाहाकार मच्चिएको हो ।

गत असार महिनादेखि पहिरोले बगाएको पाईप मर्मत भई सञ्चालन भएको भएपनि अहिले विद्युत सर्ट भई प्रयोग भइरहेको २ वटै पम्प विग्रीएपछि ४६ घर परिवार पिउने पानीबाट बञ्चित हुनु परेको स्थानीय नवराज बास्कोटाले बताए ।

खानेपानी नहुँदा घण्टौं समय लगाएर पानी लिन जानुपर्ने बाध्यता रहेको उनले बताए । कार्तिकदेखि नै यो समस्याबाट स्थानीय मारमा परेपनि समस्या समाधान नभएपछि यही चैत्र १२ भित्र समस्या समाधान नभए १३ गतेदेखि गाउँपालिकामा धर्ना कार्यक्रम सुरु गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*