मकवानपुरगढी बालमैत्री गाउँपालिका घोषणा

अखबार हब
२०७८ चैत्र १२, शनिबार २०:५९

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।  शनिबार एक विशेष समारोहका बीच बागमति प्रदेशका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बालमैत्री गाउँपालिका घोषणा गरिएको हो ।

मुख्यमन्त्री पाण्डेले पाँच हजार ३ घरधुरी, २५ हजार १०५ जनसंख्या भएको पर्यटकीय तथा ऐतिहासिक मकवानपुरगढी गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सुचक र मापदण्डहरु पुरा गरेको हुदाँ वडा नम्बर एक देखी आठ सम्म र सिंगो गाउँपालिकालाई नेपालको चौथो तथा ५१ सुचकमा नेपालको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका भन्दै बालमैत्री गाउँपालिका घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष बिदुर हुमागाईले बालमैत्री कार्यन्वयन गर्न सबै स्थानीय सक्रिय हुनु पर्नेमा जोड दिए । सम्पुर्ण क्रियाकलापको अभियानमा सबै पक्षको सहकार्य र साथबाट सुशासन सहितको गढी गाउँपालिका निर्माणमा सहज भएकोमा खुसी भन्दै खुसी व्यक्त गरेका छन् ।

बालबालिकाको क्षेत्रमा गरिएको लागानिले समृद्धिको सुनौलो बिहानी सुनिश्चित गर्ने अपेक्षाका साथ बाल मैत्री अभियानमा लागेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तान र राजनितिक क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, बालबालिका लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । सामारोहमा गायकहरु प्रकाश तामाङ, स्वस्तिका ढकाल र निसान भट्ठराईकोे प्रस्तुति रहेको थियो । कार्यक्रममा बालमैत्री ¥यलि, झाँकि साथमा पञ्चे बाजा खैचडी भजन पनि प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*