आफूखुसी बिदा दिँदै मकवानपुरगढी गाउँपालिका

अखबार हब
२०७८ चैत्र १३, आईतवार ००:०५

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेर सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको छ ।

गाउँपालिकाले पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरेको भन्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तो निर्णय गरेर गाउँपालिकाले सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको प्रष्ट भएको छ ।

शनिबार बालमैत्री घोषणा गरेको पालिकाले भोलिपल्ट अर्थात् आइतबार सार्वजनिक बिदा घोषणा गर्नुलाई गाउँपालिकाको एक्लौटी निर्णय भएको भन्दै आवाजसमेत उठ्न थालेको छ ।

जथाभावी बिदा दिने निर्णयको सर्वसाधारणले विरोध जनाएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण पुडासैनीद्वारा हस्ताक्षर गरिएको सूचनामा गाउँपालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारीलाई लागु हुनेगरी सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

पछिल्लो समय विभिन्न बाहनामा स्थानीय सरकारले बिदा दिएको भन्दै विरोध समेत हुँदै आएको छ ।

गाउँपालिकाले जारी गरेको सूचना

No description available.

यसमा तपाइको मत

Your email address will not be published.


*