हेटौंडा–८ मा ज्येष्ठ नागरिकको निःशुल्क उपचार

अखबार हब
२०७८ चैत्र २०, आईतवार २१:२९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को कार्यालयले ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेको छ ।

वडाभित्रका २ सय ७ जना ज्येष्ठ नागरिकलाई निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको हो । वडा कार्यालयले शिविरको आयोजनामा गरेर निः शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गराएको थियो । ८ नम्बर शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा २९ जनाको ईसीजी र १ सय ५५ जनालाई ल्याब सम्बन्धि सेवा प्रदान गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

शिविरमा हाडजोर्नी तथा नशा मुटु तथा मृगौला, छाला तथा यौन रोग विशेषज्ञ र जनरल फिजिसियनद्वारा सेवा प्रदान गरिएको थियो । वडाका जेष्ठ नागरिक इन्द्र प्रसाद मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*