आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा ब्याजदरमा रेकर्ड वृद्धि

अखबार हब
२०७८ चैत्र २६, शनिबार ११:५३

काठमाडौं । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको केन्द्रीय बैंकले मौद्रिक नीतिमा कडाई गरेको छ । बैंकले शुक्रबार प्रमुख ब्याजदर रेकर्ड ७ सय आधार बिन्दुले बढाउने निर्णय गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ऋणमा डुबेको श्रीलंकाको विदेशी मुद्रा सञ्चिति खाली छ र देशले आयातको पैसा तिर्न असमर्थ छ।

जनता सरकार विरुद्ध सडकमा उत्रिएका छन् र सरकारमाथि चर्को दबाब छ । यस्तो अवस्थामा श्रीलंकाको केन्द्रीय बैंकले स्थायी कर्जा सुविधा दर १४.५० प्रतिशत र निक्षेप सुविधा दर १३.५० प्रतिशत पुर्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*